नुवाकोटमा बस दुर्घटना : दुई जनाको मृत्यु, २० जना घाइते



काठमाडाैं  ।

नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिए।

बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन।

बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्