निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति



काठमाडौँ।

निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरुले धर्नाको कार्यक्रम स्थगित गरेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सहमति भएको हो। प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताइन् ।

उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्