कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का


सुर्खेत ।

कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त मुख्य न्यायधिवक्ता खड्काले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गराएका हुन् ।

मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६ को उपधारा (२) बमोजिम उनलाई मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।