सुदूरपश्चिम प्रदेश सभाको वेभसाइट ह्याक



धनगढी । 

 सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याक भएको छ। शुक्रवार प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले वेबसाईट ल ह्याक भएको जानकारी दिए।

उनले वेभसाइट ह्याक भएको र अहिले सूचारु गराउने प्रयास भइरहेको बताए। उनका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन्। त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ।

  वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको जनाइएको छ। सुदूरपश्चिममा पहिलो पटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।

प्रतिक्रिया दिनुहोस्