गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित


पाेखरा  ।

गण्डकी प्रदेशसभाले दुईवटा अध्यादेश पारित गरेको छ । प्रदेशसभाले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले ल्याएको गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन, सेवाको सर्त र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई सर्वसम्मत पारित गरेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकले उक्त अध्यादेश पारित गरेको हो । उक्त अध्यादेश पारित गराउन प्रदेशसभाका सत्ता र प्रतिपक्षका सांसदले स्वीकृति दिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।