माओवादीको निर्णय राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने


काठमाडाैं ।

सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्ने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । राष्ट्रपतिमा कांग्रेस र एमालेले आकांक्षा देखाइरहेका बेला माओवादीको निर्णय प्रतिक्षा बनेको थियो ।

माओवादीको उक्त निर्णयले कांग्रेस र एमालेसँग मात्र राष्ट्रपतिको विषयमा सहमति नहुने प्रवक्ता महराको भनाइ छ । राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने उनले जानकारी दिए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।