३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन



काठमाडौं । 

अर्जेन्टिना च्याम्पियन भएसँगै महान् खेलाडीमध्ये एक लियोनेल मेसीले विश्वकप जित्ने सपना पूरा गरेका छन्। दोहास्थित लुसेल रंगशालामा आइतबार भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटमा ४-२ ले हराएर अर्जेन्टिनाले उपाधि जितेको हो। यो अर्जेन्टिनाको ३६ वर्षपछिको विश्वकप उपाधिसमेत हो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाबाट लगातार ४ गोल भयो भने फ्रान्सबाट ४ प्रहारमा २ मात्र गोल भएको थियो।योसँगै मेसीले गत २०१४ मा भएको विश्वकप फाइनल हार्नुको तीतो स्वादलाई अहिले मीठो पनि बनाए। यसले उनको यो अन्तिम विश्वकपलाई अविस्मरणीयसमेत बनाएको छ।

मेसीले विश्वकपमा २००६ देखि खेलेका हुन्। ५ वटा विश्वकप खेलेका मेसीले कुल १३ गोल गरेका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीसमेत हुन्।पछिल्लोपटक सन् १९८६ मा यो नीलो सेता धर्के जर्सीको टोलीले उपाधि जितेको थियो।

यस बेला उपाधि दिलाउन महान् खेलाडी डिएगो म्याराडोनाको ठूलै योगदान थियो। म्याराडोनाकै जादुमय खेलमा अर्जेन्टिनाले उपाधि दाबेदारी तत्कालीन पश्चिम जर्मनीलाई हराएको थियो। अर्जेन्टिनाले पहिलोपटक विश्वकप उपाधि सन् १९७८ मा जितेको थियो।

यसै गरी अर्जेन्टिनाले पछिल्ला लगातार चार विश्वकपमा युरोपको दबदबा रहेको वर्चश्व पनि तोडेको छ। २००२ पछि दक्षिण अमेरिकी महादेशको टोलीले विश्वकपमा फेरि धाक जमाएको छ। २००२ को विश्वकप एसियामा भएको थियो। उक्त विश्वकपको उपाधि ब्राजिलले जितेको थियो।

यसपछि २०१८ सम्म भने दक्षिण अमेरिकी टोली उपाधिबाट वञ्चित भएको थियो। २००६ देखि २०१८ सम्म एकपटक मात्रै (२०१४ विश्वकप) दक्षिण अमेरिकी टोली (अर्जेन्टिना) फाइनलमा पुगेको थियो। नत्रभने २००६, २०१० र २०१८ मा अल युरोपेली टोलीको फाइनल खेल भएको थियो।

यसअघि निर्धारित ९० मिनेटको खेल २+२ बराबरीमा सकिएको थियो। ७९औं मिनेटसम्म २+० ले अघि बढेको अर्जेन्टिना जित निकट थियो। अर्जेन्टिनाका लागि पहिलो हाफमा मेसी र एन्जेल डिमारियाले गोल गरेका थिए।

तर, ८०औं र ८१औं मिनेटमा फ्रान्सका क्लियन एम्बाप्पेले २ गोल गरेपछि खेल नाटकीय ?पमा बराबरी भएको थियो। अतिरिक्त समयमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रतामा पु-याए तर एम्बाप्पेले ह्याट्रिक गोल गर्दै खेल ३-३ मा पु-याएको थिए।

गोल्डेन बुट एम्बाप्पेलाई

फ्रान्स उपाधि जित्न नसके पनि स्टार खेलाडी एम्बाप्पेले गोल्डेन बुट हात पारेका छन्। उनले प्रतियोगिता भरी ८ गोल गरेका छन्। मेसीले ७ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्