जाजरकोट महोत्सवमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदै



जाजरकोट । चौँथो जाजरकोट महोत्सवमा खुल्ला पुरुषतर्फ सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) उद्योग बाणिज्य संघले एक सूचना जारी गर्दै उक्त प्रतियोगिताको अयोजना गरेको जनाएको छ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्य लागि खेलकुद’ भन्ने मूल नाराका साथ सर्वाधिक राशिको खुल्ला पुरुषतर्फको भलिबल प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष रमेश केसीले बताए ।

सोही प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख पाँच हजार पाँच सय ५५, द्वितीय हुनेलाई एक लाख २५ हजार, पाँच सय ५५ र तृतीय हुनेलाई ५० हजार पाँच सय ५५ रुपैयाँको नगद पुरस्कार राशि प्रदान गरिने द लाइन्स युथ क्लव जाजरकोटले जनाएको छ ।

जाजरकोट महोत्सवमा खुल्ला पुरुषतर्फ सर्वाधिक राशिको भलिबल प्रतियोगिताको मूल आयोजक उद्योग बाणिज्य संघ रहेको छ भने सह-आयोजक द लाइन्स युथ क्लब र युवा क्रिकेट क्लव, चेम्बर अफ कम्मर्स जाजरकोट रहेका छन् ।

महोत्सवमा खुल्ला पुरुषतर्फको भलिबल प्रतियोगिता पुस ११ गतेदेखि १६ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्