एक वर्षको सम्झौता गरेका राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पाँच महिना पनि सकेनन् टिक्न



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ ।

गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले उनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

तथापि प्रभाकरसँग एक वर्षको सम्झौता गरेको भए पनि उनले पाँच महिना पनि आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्