अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । हिजो (आइतार) उनीहरुबीच भेटवार्ता भएको ओलीको चिवालयले जनाएको छ ।

कांग्रेस नेता केसी ओली निवास बालकोट पुगेरै भेटवार्ता गरेका छन् । ओलीको निमन्त्रणामा उनी हिजो साँझ बालकोट पुगेका हुन् । यी दुईको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।

छलफलमा जनजीविकाको सवाल सामूहिकरुपमा समाधान गर्ने र नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।