तोकिएको समय अगावै कांग्रेसको बैठक सुरु



काठमाडौं । आज (शनिबार) दिउँसो १ बजे बस्ने बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान साढे ९ बजेबाटै सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी गराएका थिए । यद्यपि बैठक विहान साढे ९ बजेबाटै सुरु भएको छ ।

बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा नेताहरु जम्मा हुने क्रम जारी छ।

निर्वाचनको समीक्षा, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायत बैठकका एजेण्डा रहेको जनाइएको छ ।समानुपातिकर्फतका सांसदहरूको छनोटका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्