टर्कीएले काठमाडौंमा राजदूतावास स्थापना गर्ने



काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीएका विदेशमन्त्री मेभलुत काभुसोग्लुबिच आज दिउँसो टेलिफोन वार्ता भएको छ ।

उनीहरूबिच भएको वार्तामा निकट भविष्यमा काठमाडौंमा टर्कीएको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्