माओवादी केन्द्रको समानुपातिक सूचीबारे निर्णय गर्न पुनः बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निर्क्योल शनिवार गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।

संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातिकतर्फको सूची निर्धारण गर्न समय दिएको छ ।

माओवादीको बैठक शनिबार पुनः बस्नेछ । प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्