समानुपातिक सूची टुंग्याउन एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । आज (शनिबार) ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएको छ । बैठकमा समानुपातिकतर्फको सूची निर्धारण गरिने बताइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फबाट ३४ सिट पाउने भएको छ ।

संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा २६ जना महिला पठाउनुपर्नेछ ।

एमालेबाट चार जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । एमालेले महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन २२ जना समानुपातिकतर्फबाट लैजानु पर्नेछ। बाँकी रहेको सिटमा पुरुष पठाउने सक्नेछ ।

निर्वाचन आयोगले शनिवारसम्म दलहरूलाई समानुपातिकतर्फको सूची निर्धारण गर्न समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्