समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसलाई सबैभन्दा धेरै मत



स्याङ्जा ।

जिल्लामा मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । समानुपातिक तर्फको समेत अन्तिम परिणाम आइसकेको छ ।

स्याङ्जामा कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार स्याङ्जामा नेपाली कांग्रेसले संघतर्फ समानुपातिकमा ५३ हजार ४ सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेले ५० हजार ४ सय ८८ मत प्राप्त गर्दै संघको समानुपातिक तर्फ दोस्रो स्थानमा रहेको छ ।

यता तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । स्वतन्त्र पार्टीले २२ हजार २ सय २६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्र ४ हजार ९ सय ९ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेको छ ।त्यसो त ३ हजार ४८ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा रहेको छ भने छैटौँमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी रहेको छ । मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ४ सय १६ मत ल्याएको छ ।

यता माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले ८ सय ६२ मत प्राप्त गरेको छ भने अन्यमा २ हजार ३ सय ७१ मत प्राप्त भएको आयोगले जनाएको छ ।त्यस्तै समानुपातिकको प्रदेश तर्फ नेपाली कांग्रेसले ६१ हजार २ सय ५५ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेले ५६ हजार ६ सय मत प्राप्त गर्दै प्रदेशको समानुपातिक तर्फ दोस्रो स्थानमा रहेको छ ।

यता तेस्रो स्थानमा राप्रपा आएको छ । राप्रपाले ४ हजार ७ सय ४७ मत प्राप्त गरेको छ भने माओवादी केन्द्र ४ हजार ७ सय २४ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेको छ ।

त्यसो त २ हजार १ सय ३ मतसहित मंगोल नेशनल अर्गनाइजेशन पार्टी पाचौं स्थानमा रहेको छ । हाम्रो नेपाली पार्टीले १ हजार १ सय ५ मत ल्याउदा यता माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९ सय ४२ मत प्राप्त गरेको छ भने अन्यमा ३ हजार ३ सय ६६ मत प्राप्त भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्