रौतहट ।
रौतहटको मौलापुरमा तीन जना सबार मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईने भएका छन ।
मौलापुर शीतलपुर सडक खण्डको मौलापुर नगरपालिका २ स्थीत मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा फतुवा बिजयपुर नगरपालिका–२ शितलपुर निबासी करिब ७० वर्षीया सोमरिया देवी ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनापछि घाइते भएकी ठाकुरको बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाईकलमा सबार मोटरसाइकल चालक फतुवा बिजयापुर–२ शितलपुरका ५३ वर्षीय त्रिबिक्रम ठाकुर र पछाडि सवार उनकी बुहारी २८ वर्षीया सिमा कुमारी ठाकुर घाईते रहेका छन्। दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत के.सी.को कमाण्डमा खटिएको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मौलापुरमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बसन्त गौतमले बताउनु भयो ।











प्रतिक्रिया