गुल्मी ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका–८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन्।
पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मन्दिरको पुनर्निर्माणले धार्मिक गतिविधिको व्यवस्थापन र मौलिक परम्पराको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन ६४ जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।











प्रतिक्रिया