कात्तिक १ गते मंगलबार, यस्ताे छ तपाईकाे राशिफल



मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)  : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आकस्मिक लाभ हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)   : रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)   : खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)   : काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)  : मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)  : रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्