भलिवल खेलाडी कृष्णको सपनाले पाईला टेक्दै

470
Shares

ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका १ मोलिमा जन्मिएकी कृष्ण कुमारी श्रेष्ठलाई सानै उमेर देखि भलिवल खेल्ने रहर कम्ता लाग्दैन थियो । तर ग्रामिण भेगमा जन्मिएकी कृष्णलाई भलिवलको भोक मेटाउन तेत्ती सहज भने थिएन । सानै उमेरमा आमा गुमाउनुको पिडाको साथ साथै पारिवारिक जिम्मेवारीको बोज त छदै नै थियो त्यसमाथी छोरी मान्छेले खेल्नु हुन्न भन्ने समाजको कु बिचार उनको सपना छेक्न पर्खाल बनेर उभिने चेष्टा गरिरहन्थ्यो । जिम्मेवारीको बोजलाई जसोतसो पन्छ्याएर सामाजिक समस्याको पर्खाल नाघेर निस्किदै सिक्न थालिन भलिवल ।

कृष्णलाई भलिबल खेल्न घरबाट निस्कन नपाउनु मात्रै चुनौति कदापी थिएन । जसो तसो घरबाट आफू निस्कीय पनि अरु साथीहरु नभएकाले उनको भलिवल खेल्ने आशा छिन भरमै निराशामा परिणत हुन्थ्यो । जसो तसो छिमेकका दाजुभाईहरु खेलिरहेको ठाउँमा मिस्सिएर खेल्न थालिन । सुरु सुरुमा छोरी मान्छेले पुरुषको टिममा खेल्नु हुन्न भन्दै खेल्न दिदैन्न थिए। तर, जर्बजस्ति घुसेर खेल्थीन उनी ।

संघीयताको घोषणासंगै स्थानीय तहहरुमा खेलकुदले आंसिक रुपमा विकासको गति लिन थाल्यो । यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकाले पनि छिटपुट रुपमा खेलकुदको आयोजना गर्न थाल्यो । यसरी आयोजना गरिने क्रममा महिला भलिवलको पनि आयोजना गरिन थालियो ।

यसरी छिटपुट रुपमा आफ्नै स्थानीय तहमा महिला भलिवल खेलको आयोजना हुन थाले पछि कृष्ण कुमारीको मनमा पनि आशाको दियो जल्न थाल्यो । स्थानीय स्तरमै प्रतियोगिता सञ्चालन हुन थाले पछि गाँउका अरु साथीहरुले पनि भलिवल सिक्न र खेल्न थालेको बताउछन उनी । स्थानिय तहले वेलावेलामा माहिला भलिवल प्रतियोगिता सञ्चालन गर्न थाले संगै ओखलढुंगाको मानेभञ्ज्याङमा महिला भलिवल खेलाडीको संख्या बाक्लो रहेको छ ।

कृष्णलाई अहिले पहिलाको जस्तो खेल्नका लागी साथीहरु नै नपाउने समस्या भने छैन । उनको गाँउ वरिपरि नै प्रसस्तै मात्रामा महिला खेलाडीहरु रहेका छन् । मानेभञ्ज्याङ गाँउपालिकामा जिल्लाकै उत्कृष्ट महिला भलिवल टिम रहेको छ ।

महिला खेलाडीहरुको संख्यामा बृद्धि भए संगै कृष्ण श्रेष्ठको सपना पनि साकार हुदै गएको बताउछन उनी । सुरुमा ओपन स्पाईकरको पोजिसनमा खेल्ने गरेका कृष्ण हाल क्विक स्पाईकरको भुमिकामा खेल्दै आइरहेका छिन् ।

अग्लो कदकी कृष्णको टिमले बिभिन्न जिल्लामा बिभिन्न समयमा भएको भलिवल प्रतियोगितामा ओखलढुंगा जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेका छन । छिमेकी जिल्लाहरु सोलु, खोटाङ, भोजपुर उदयपुर लगाएतका जिल्लाहरुमा सञ्चालन हुने प्रतियोगिताहरु छुटाउदैन्न कृष्णको टिमले । हसिलो स्वाभावकी कृष्णको टिमले हालसालै १ नम्बर प्रदेसको झापामा सम्पन्न भएको प्रदेश स्तरिए महिला भलिवल छनौट प्रतियोगितामा ओखलढुंगालाई प्रथम स्थान दिलाएका छन ।
प्रदेस नम्बर १ मा स्तरिए खेल प्रर्दशन गरेकी कृष्ण यहि अश्विन २८ गते देखि कार्तिक ३ गते सम्म म्याग्दी जिल्लामा सञ्चालन हुन गै रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेस नम्वर एकको महिला भलिवल टिममा भएकि छिन । यसरि राष्ट्रिय प्रतियोतिमा भाग लिने अवसर प्राप्त गरे संगै कृष्णको राष्ट्रिय प्रतियोगिता खेल्ने सपनाले पाईला टेकेको छ ।

एउटा अब्बल भलिवल खेलाडी बन्ने चाहाना राखेकी कृष्ण यो अवसर उनीका लागी कोशेढुंगा हुने आशामा छिन । यो अवसरको भरपुर सदुपयोग गर्दै भलिवलको माथिल्लो प्रतियोगितामा डेबिउ गर्ने लक्ष रहेको कृष्णले बताएकी छिन ।

कृष्णलाई भलिवल खेलमा यो स्थान सम्म आउन भने त्यत्ति सहज थिएन । आमा गुमाएकी कृष्णको घर परिवारको आर्थिक अवस्था मध्याम किसिमको छ । आमा नभए पछि घरको ब्यवस्थापनको पाटो आफैले हेर्नु पर्ने भएकोले समय ब्यवस्थापन गर्न समस्या भएको बताउछीन उनी ।

खेल क्षेत्रलाई विभिन्न तहका सरकारहरुले उचित सम्बोधन नगरेकाले खेलाडीहरुलाई विभिन्न समस्या पर्ने गरेको बताउछन कृष्ण कुमारी । विभिन्न ठाउमा सञ्चालन भएको प्रतियोगितामा भाग लिन जादा ब्यत्तिगत खर्चमा जानुपरेको घटना सम्झीदै भन्छन उनि कत्ति ठाउमा खर्चकै कारण राम्रो जर्सी लगाउन पाइएन, खाजा राम्रो संग खान पाईएन ।

नाम कमाउनका लागी खेल क्षेत्रमा लागेको बताउने कृष्ण कुमारीले कुनै राम्रो भलिवल खेल प्रर्दशन गरेर आफ्नो गाँउ र जिल्लाको ईज्जत राख्ने समेत कृष्ण कुमारी श्रेष्ठले बताईन ।

जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख बाल कुमार खनालले प्रतिभावान खेलाडीहरु लाई प्रोत्साहन गर्दै लैजाने खेलकुद विकास समितिको योजना रहेको भएता पनि खेल क्षेत्रमा अत्यन्तै न्यून बजेट रहेका कारण  चनौती रहेको बताएका छन् ।

Skip This