व्यवसायीको दुःखप्रति राज्य उदासीन



लितपुर ।

उद्यमी तथा व्यवसायीहरुले आफूहरुलाई परेको दुःख र कष्टलाई सम्बोधन गर्न राज्य उदासीन रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको व्यावसायिक सचेतना कार्यक्रममा बोल्दै उनीहरुले सो कुराब बताएका हुन् ।

मुलुकको आर्थिक स्तर उकास्न व्यवसायीहरुले निर्वाह गरेको भूमिकालाई राज्यले कम आंकलन गदै आएको व्यवसायीहरुको भनाई रहेको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अस्पष्ट र द्विअर्थी लगाउने कानून, व्यवसायप्रति पूर्वाग्रही सोचले गर्दा अनुगमनको नाउ“मा व्यवसायीहरुले दुःख खेप्नुपरिरहेको बताउनुभयो । व्यवसायीको लगानीको सुनिश्चितता, स्वस्थ्य रुपमा प्रतिस्पर्धा गरेर बा“च्न पाउने अधिकारप्रति राज्यले विभिन्न बहानामा कुण्ठित गरिरहेको पनि उहा“को भनाई थियो ।

सो अवसरमा वाणिज्य विभागका महानिर्देशक लिलाप्रसाद शर्माले उद्यमी व्यवसायीहरुले जनताप्रति उत्तरदायी र जिम्मेवार भएर व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उद्योग वाणिज्य क्षेत्रको समस्या र कानूनमा उपभोक्ताको हक सम्बन्धी प्रस्तुत गर्नुभयो ।

संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले व्यवसायको विकास र प्रवद्र्धनमा व्यावसायिक सचेतनाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अध्यक्ष न्याछ्योंले व्यवसायिक ज्ञानको कमीले अर्थात् व्यवसाय सँग सम्बन्धित ऐन, नियम र अज्ञानताले व्यावसायीहरु सजायको भागीदार हुनु नपरोस भनी व्यवसायीमा ज्ञान दिलाउन, व्यवसायीहरुको जिम्मेवारी एवं कर्तव्य सम्बन्धी जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नप तौल तथा गुणस्तर कार्यालय काठमाडौंका निरीक्षक निरञ्जन पुडासैनीले नाप तौल तथा गुणस्तर ऐनबारे जानकारी दिनुभयो । सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य एवं वाणिज्य तथा आपूर्ति समितिका संयोजक महेश श्रेष्ठले नापतौल तथा उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्नेमा जोड दिन्ुभयो । सो अवसरमा संघका महासचिव रुपकमान महर्जनले कानून कार्यान्वयन गर्दा राज्य र प्रशासन जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्