बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहरिएका चिकित्सक मृत फेला



एजेन्सी ।

यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई दुर्व्यवहार गरेको संघीय आरोपमा जनवरीमा मुद्दा चलाउने तयारी थियो । उसलाई अर्को महिना न्युयोर्क राज्यको मुद्दामा पनि सजाय सुनाइने भएको छ ।

६ जना महिलाको उजुरीपछि भएको सुनुवाइमा उनीमाथि यौन दुव्र्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा दोषी ठहरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्