गिनिज बुकमा नाम लेखाएकी सापकोटा सम्मानित



भक्तपुर । 

गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल टेबुल टेनिस खेलाडी गोमा सापकोटालाई जिल्ला खेलकुद विकास समिति भक्तपुरले सम्मान गरेको छ ।

सापकोटालाई शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले सम्मान गरेका हुन् । काभ्रेको पनौतीमा जन्मेकी भक्तपुरमा स्थायी बसोबास गरेकी सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुइँमा नखसाई प्रहार गरेकी हुन् ।

उनले २ सय ४९ पटक बललाई प्रहार गरेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भइन् । उक्त अवसरमा सम्मानित खेलाडी सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्