रग्बी टोली जाकार्ता जाने



काठमाडौं ।

एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ दस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जाकार्ता प्रस्थान गर्दै छ ।

खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन् ।जेजीबीके रग्बी पिच, जाकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा सहभागिता जनाएको थियो ।

भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो । टिम व्यवस्थापकमा विनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्