लिभरपुलले जित्यो कम्युनिटी सिल्ड



लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । वर्तमान इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले एफए कम्युनिटी सिल्ड जितेको हो । शनिबार राति किंग पावर रंगशालामा भएको खेलमा लिभरपुलले सिटीलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसँगै लिभरपुलले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।

लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले एक–एक गोलको योगदान गरेका थिए । सिटीका लागि जुलियन अल्भारेजले एक गोलमा आफ्नो नाम लेखाए । पहिलो हाफमा लिभरपुलले अग्रता लिए पनि सिटी खेलमा फर्किएको थियो । तर, निरन्तर आक्रमण गरेको लिभरपुलविरुद्ध सिटीको मिडफिल्ड र आक्रमण चल्न नसक्दा प्रिमियर लिग च्याम्पियन टोली लगातार दोस्रो सिजन कम्युनिटी सिल्ड जित्नबाट वञ्चित भयो ।

खेलको २१औं मिनेटमा आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । सलाहको पासमा उनको पेनाल्टी क्षेत्र बाहिरको प्रहार गोलमा परिणत भएको थियो । सिटीले त्यसपछि गोलको केही अवसर सिर्जना गरे पनि खेल बराबर गर्न सकेन । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले ७०औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५६औं मिनेटमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरे ।

लिभरपुलले खेलको ८३औं मिनेटमा सलाहको पेनाल्टी गोलमा खेल बराबर ग-यो । न्युनेजको हेडरलाई सिटीका कप्तान रुबेन डियासले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको पाँचौं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । यसै सिजन मोटो रकममा आएका न्युनेजले गोल गर्दै लिभरपुललाई सिजनको पहिलो उपाधि दिलाए । उनले अधिकारिक डेब्युमै गोल र पेनाल्टी समेत बनाउन सफल रहे । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्