बगर बन्यो ४५ लाख



हेटौंडा

मकवानपुरको बकैया गाउँपालिकाले खेलकुद विकासको लागि भन्दै आर्थिक वर्ष २०७७-०७८ मा बकैया–३, हात्तीसु“डेका लागि मिनी रंगशाला बनाउन बजेट छुट्यायो । खोलानजिकको बगरलाई खेलमैदान बनाउन ४५ लाखभन्दा बढी खर्चसमेत गरियो ।

तर, एक वर्षअघि उक्त मैदानका केही भाग बाढीले बगाइसकेको छ भने बाँकी चौर बाख्रा चरन क्षेत्र बनेको छ । स्थानीयका अनुसार पालिकाले उपभोक्ता समितिमार्फत्लाखांै खर्च गरे पनि अनुगमन नगर्दा मिनी रंगशाला पूरा हुन सकेको छैन ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको २०७९ को लेखापरीक्षणअन्तर्गत २०७७-०७८ को अन्तिम लेखापरीक्षणमा बकैयाले उक्त खेलमैदान उपभोक्ता समितिलाई ४५ लाख ६७ हजार ५ सय ८७ रुपियाँ भुक्तानी गरेको छ । महालेखाले उक्त मैदानमा स्काभेटर र ब्याकलोडर प्रयोग भएको खर्च २८ लाख १६ हजार ३ सय ८१ रुपियाँ भएकोसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्