तपाईं डुबिरहनुभएको त छैन ? समयमै विचार गर्नुस्



अहिले बजारमा जताततै सहकारीहरु भागिरहेको र जनतालाई डुबाएको सुनिन्छ । तर पनि कुनै पनि भागेका सहकारीहरुलाई कारबाही भएको छैन । यसरी जनताको पैसा लिएर भाग्ने सहकारीलाई सहकारी विभाग, वडा र नगरपालिकाले कुनै कारबाही तथा अनुगमन गरेको पाइँदैन । यसरी दिनहुँ जनताको पैसा लिएर कति सहकारी संस्थाहरु भागिसकेका छन् ।

सहकारीमा पैसा राख्ने जनताको घरमा रुवाबासी भइरहेको छ । जनताले बुभ्mदै नबुझी सहकारीमा पैसा जम्मा गर्दा आज जनता आफ्नो जीवनभरको कमाइ पाउनबाट वञ्चित भएका छन् । सरकारले यसरी जताततै सहकारीहरुलाई दर्ता गर्न दिँदा आज सहकारीहरुले जनताको घरमा रुवाबासी चलाएका छन् । जनतालाई यस्तो नराम्रोसँग ठग्दा पनि सरकार निरीह बनेर बसिरहेको छ ।

सहकारी भाग्ने काम बढिरहेको पाइन्छ । यसरी सहकारी संस्थाहरु जनताको बचत लिएर भाग्दा पनि जनतामा चेतना अहिलेसम्म आएको छैन । जनता अहिले पनि सहकारीमा आफ्नो पैसा जम्मा गरिरहेका छन् । सहकारीहरुले अहिले पनि ब्याजको प्रलोभनमा जनतालाई फसाई बजारबाट पैसा निरन्तर उठाइरहेको पाइन्छ । अहिले जनताले आफ्नो बचत तथा पुँजी सहकारी संस्थाहरुमा राखी नै रहेका छन् । सहकारीका सञ्चालकहरुले महँगो तथा मिटर ब्याजमा कर्जा दिएर जनताको उठिबास लगाइरहेका छन् । अब जनताको मनमा सहकारीहरु लुट र ठग हुन् भन्ने चेतना आउन आवश्यक छ । यसरी जनताको जीवनभरको कमाइको पैसा ठगेर भाग्न सहकारी संस्थाहरुलाई लाज छैन । सहकारीको यस्तो लुट र ठगको धन्दा बन्द गर्न अब जरुरी रहेको छ ।

त्यस्तै गरी जनता पनि ब्याज तथा कर्जाको लोभमा परी सहकारीहरुमा विश्वास गरेर पैसा तथा पुँजी राख्ने गर्छन् तर अब जनताले आफ्नोे बचत राख्ने काम बन्द गर्न आवश्यक छ । अब सहकारीहरुको ठगको धन्दामा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ र जनता सडकमा उत्रिनुपर्छ । सहकारीहरुले राजनीतिक पार्टीहरुको आडमा यसरी जनतालाई नराम्ररी लुटिरहेका छन् । सहकारीमा मान्छेले पनि भ्रष्टाचार गरेको कालो धन लुकाएर राख्ने गर्दछन् ।
सहकारीमा भने पैसा जम्मा गर्ने मानिसहरुलाई थोरै ब्याज दिने गरिन्छ । सहकारीमा पैसा डिपोजिट गर्ने मानिसलाई ३ देखि १० प्रतिशत मात्र ब्याज दिने गरिन्छ भने कर्जा लगानी गर्दा १९ देखि ४२ प्रतिशतसम्म लगानी गर्ने गरिन्छ । यसरी ३ प्रतिशत सेवाशुल्क लिने र पेनाल्टी लिने गर्दछ । सहकारीहरुले घूस खाएर १ करोडको जेथो वा धितो राखेर ७० लाख मात्र दिने, १० लाख रुपियाँ घूस खाने र कर्जा खाने मानिसलाई ३ कित्ता तिरेन भने त्यो धितो नै लिलाम गर्ने गर्दछन् ।

त्यस्तै सहकारीहरुले कर्जा खाने मानिसहरुलाई सुकुम्बासी बनाइदिने वा सडकमा पु¥याउने काम गर्दछन् । यता त्यो लिलाम गरेको धितो आफन्तहरुलाई सस्तोमा भिडाउने काम गर्छन् । कि त अर्को मानिसलाई त्यो १ करोडको धितो १ करोड २० लाखमा बेच्ने काम गर्छन् र ९० लाख रुपियाँ त्यो धितोको लोन मिलाउने गर्दछन् । त्यस्तै त्यो मानिससँग भएको पैसा ३० लाख लिने र ९० लाख रुपियाँ त्यही मानिसलाई ऋण बोकाउने काम गर्दछन् ।

यसरी घरजग्गा, शेयर र गाडी धितोमा राखी सहकारी र बैंकबाट लोन लिएको मानिसलाई घुमाई–घुमाई बैंक तथा सहकारीहरुले उसको जेथो धितो खाने गर्दछन् । मानिसलाई सडकछाप बनाउँछन् । बैंक तथा सहकारीजस्ता वित्तीय संस्थाहरुका कारण कतिपय मानिस मृत्युको मुखमा पुगेका छन् । अहिले धेरै जनता बैंक तथा सहकारी संस्थाहरुका कारण डुबिरहेका छन् ।

बैंक तथा सहकारी संस्थाहरुले धनी मान्छे त देख्नु नै हुँदैन । यस्ता संस्थाहरुले पहिला थोरै ऋण दिने गर्छन् र पछि सबै घरजग्गा, शेयर तथा गाडी नै उठाउने गर्दछन् । बैंक, फाइन्स तथा सहकारीहरु जनताको सेवाका लागि खोलिएको भन्ने गरिन्छ तर यिनीहरु उल्टै जनतालाई डुबाउने काम गर्छन् । यी वित्तीय संस्थाहरु सेवक होइनन्, ठगहरु हुन् । यस्ता ठगहरुलाई कारबाही गर्न न त नेपालको कानुनी व्यवस्थाले नै सक्छ, न त अर्थ मन्त्रालयले नै सक्छ ।

सहकारीलगायत बैंक तथा फाइनान्सहरुले धेरै मानिसका घरजग्गा खाएर रुनु न मर्नुजस्तो अवस्थामा पु¥याएका छन् । यसरी सहकारी र बैंकहरुले आफ्नो फाइदाका लागि सीधासाधी जनतालाई फसाइरहेका छन् । त्यस्तै सहकारी महासंघ र बैंकहरुको महासंघमा सबै राजनीतिक पार्टीका मानिसहरु संलग्न रहेका छन् । सहकारी र बैंकहरुले जति जनता ठगेका हुन्छन् त्यसमा पनि पर्दाभित्र बसेर राजनीतिक दलको सहयोग नै रहेको हुन्छ ।
राजनीतिक आडमा सहकारी तथा बैंकहरुले जनतालाई यसरी लुटिरहेका छन् । अब पनि सहकारी र बैंकहरुको ठगी धन्दाको विषयमा सञ्चारकर्मीहरुले कलम नचलाउने हो भने, अब पनि कति जनता ठगिने हुन् ।

जनता ठग्ने सहकारी र बैंकहरुले सञ्चारकर्मीहरुलाई विज्ञापन दिएर आफ्नो ठगी धन्दा लुकाइरहेका छन् । सञ्चारकर्मीहरु पनि विज्ञापनको प्रलोभनमा परी बैंक र सहकारीहरुको यस्तो ठगी र लुटको धन्दा देखेर पनि नदेखेकोझैँ गरी बसिरहेका छन् ।अब जनतामा पनि चेतना आउनुपर्छ । एकजनाले लगेर बैंक तथा सहकारी संस्थामा पैसा डिपोजिट गर्छ, अर्कोले त्यही पैसा धितो राखेर कर्जा लिन्छ । त्यस्तै बैंकमा पैसा डिपोजिट गर्ने मानिसले ६ देखि ७ प्रतिशत ब्याज पाउँछ । तर यता कर्जा खाने मानिसले १६ देखि १८ प्रतिशत ब्याज तिर्नुपर्छ । यसरी बैंक तथा सहकारीमा पैसा जम्मा गर्ने मानिसलाई एउटा भौचर र चेक मात्र दिने गर्दछ भने कर्जा खाने मानिसको ५० लाखको धितो लिन्छ र १५ लाखको कर्जा दिने गर्छ । तर त्यहीँ पनि घूस खाएर दिने गर्दछ ।

त्यस्तै गरी एकजनाले लगेर सस्तोमा पैसा राख्छ, अर्कोले महँगोमा कर्जा लिन्छ र बीचको सबै नाफा सहकारी तथा बैंक मिलेर खाने गर्दछ । यसरी वित्तीय संस्थाहरुले जनता ठग्ने काम गरिरहेका छन् ।अब पनि जनतामा चेतना नआएमा धेरै जनता ठगिनेछन् । सहकारी र बैंकको यसरी जनता ठग्ने रणनीति अब जनताले बुझ्नुपर्दछ । बैंक तथा सहकारीहरुमा आफ्नो पैसा डिपोजिट गर्ने मानिसहरुलाई महिना नमरी ब्याज दिने गर्दैन । कर्जा लिने मानिसले भने कर्जा लिएको दिनदेखि कर्जा चुक्ता गर्ने दिनसम्मको महँगो ब्याज दिनुपर्छ । त्यस्तै गरी सहकारी तथा बैंकहरुमा खाता खोल्ने मानिस केही दुर्घटनाका कारण म¥यो भने उसका आफन्तहरुलाई उसको बचत गरेको पैसा थाहा छ भने दिने गर्दछ तर थाहा छैन भने त्यहाँका अध्यक्ष, सञ्चालक चेयरमेन मिलेर खाने गर्छन् ।

सहकारी तथा बैंकहरुले जनतासँग पैसा लिन बूढाबूढी तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने र बच्चाहरुलाई बचत खाता भनेर खाता खोल्न लगाउने गर्दछन् । सहकारी संस्थाहरुले जनतासँग भएको पैसा बजार प्रतिनिधि खटाएर दिनँहु लग्ने गर्दछन् तर जनता भने आफ्नै बचत झिक्न जाँदा विभिन्न समस्या तथा बहाना देखाउने गर्दछन् । सहकारी संस्थाहरुले जनताको बचत न त झिक्न नै दिन्छन्, न त ब्याज र सावाँ नै दिने गर्दछन् ।सहकारीहरुले ६ महिनादेखि त्यहाँका कर्मचारीलाई तलब पनि दिएको छैन भन्ने सुनिन्छ । सहकारी सञ्चालन गरेको घरको घरभाडा पनि दिएको छैन भन्ने सुन्नमा आएको छ । कति सहकारीहरुले साधारणसभा पनि गरेका छैनन् । अहिले सहकारी तथा बैंकहरुले धितो राखेर लगानी गरेको धितोको मूल्य घटेर गुन्द्रुकको भाउमा आएको छ ।

अहिले घरजग्गा तथा गाडीहरुको किनबेच पनि घटेको छ । त्यसैले सहकारी तथा बैंकहरुमा आफ्नो पैसा राख्ने मानिसको रुवाबासी भइरहेको छ । सहकारी तथा बैंकहरुले आफ्नो सबै लगानी घरजग्गा तथा शेयरहरुमा गरेका छन् । यिनीहरु सबैको मूल्य घटेर यी संस्थाहरु मर्कामा पुगेका छन् । के तपाईंहरु पनि डुबी त रहनुभएको छैन ? समयमै विचार गर्नुस् ।
– अस्मिता अधिकारी ।

प्रतिक्रिया दिनुहोस्