कतार विश्वकपमा कुन टोली कहाँ बस्नेछ ?



काठमाडौं । फुटबलको विश्व निकाय फिफाले कतार विश्व कपमा भाग लिने सबै ३२ टोली बस्ने र प्रशिक्षण लिने भेन्यु सार्वजनिक गरेको छ । २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने फुटबलको महाकुंभको लागि इंग्ल्यान्डले बीच रिसोर्ट छनोट गरेको छ । जबकी जर्मनीको टोली वेलनेस रिट्रीट मा रहनेछ । बेल्जियम टोलीको बसोबास एक वाटर पार्कमा हुनेछ ।

हरेक टोलीलाई उनीहरु बस्नको लागि कयौं विकल्प देखाइएको थियो । सबै टोलीले राम्ररी निरीक्षण गरेर आ–आफ्नो बस्ने टोलीको लागि स्थान छनोट गरेका हुन् । इंग्ल्यान्ड, जर्मनी, बेल्जियम, पोर्चुगल जस्ता प्राय जसो टोलीले कतारको राजधानी दोहा वा त्यसैको वरिपरि रहेको भेन्यु छनोट गरे । ३२ टोलीमा २४ टोली एक अकोसँग १० किलोमिटरको दायरामा रहनेछ ।

इंग्ल्यान्डको टोली दोहाबाट १० माइल दक्षिणमा स्थित अल वकराह होटलमा रहनेछ । यो पाँचतारे रिसोर्ट समुदको निकट रहेको छ । तर, खेलाडीले यहाँ होटलमा रहँदा अल्कोहल पिउन पाउनेछैनन् । उनीहरुले यो भेन्यु छनोट गर्नुको कारण प्रतियोगिताको १० भेन्युमध्ये ८ भेन्यु नजिक रहेको छ ।

यस्तै वेल्सको टोली दोहाको डेल्टा होटल्स सिटी सेंटरमा रहनेछ । यो अक्टोबरसम्ममा खुल्नेछ । यहाँ अनसाइन स्पा, स्विमिङ पूल, फिट्नेस सेन्टर र स्पेनिस रेस्टुराहरु छन् । बेल्जियमको रिसोर्ट भने धेरै रोमाञ्चक रहेको छ । हिल्टन सल्वा बीचमा रहेको यो रिसोर्टमा थीम पार्क रहेको छ । यसमा ५४ राइड्स वाल वाटर एडभेन्चर पार्क, स्कूबा डाइभिंग र गो–कार्टिङ छ ।

यसैगरी जर्मन टोलीले जुलाल वेलनेस रिसोर्ट छनोट गरेको छ । यहाँ धेरै हेल्थ ट्रीटमेंट उपलब्ध छन् । डिफेंडिंग च्याम्पियन फ्रांसको टोली दोहाको अल–मेसिला होटलमा रहनेछ । यो होटल अरेबियन स्टाइलको डिजाइनको लागि निकै प्रसिद्ध छ । यसको एकरातको भाडा डेढ लाख भन्दा बढी रुपियाँ रहेको छ । यसमा ३० निजी पूल पनि छन् ।

यस्तै ब्राजिलले वेस्टिन दोहा होटल छनोट गरेको छ । यो हरेक रंगशालाबाट औसत १७ मिनेटको ड्राइभमा छ । यो सिटी सेन्टर होटलमा चार रेस्टुरा, तीन स्विमिङ पूल, एक फिटनेस सेन्टर र स्पा रहेका छन् । अर्जेन्टीना र स्पनेले कतार यूनिवर्सिटीको साधारण घर विकल्पको रुपमा छनोट गरेका छन् । तर, यसको वरिपरि प्रशिक्षण मैदान धेरै रहेका छन् । यसको वरिपरि ५२ फूड र कफी बार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्