नेपाल एयरलाइन्सले कमाइ बढायो



काठमाडौं । लामो समय विवाद र नोक्सान सहँदै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय कमाइ बढाएको छ ।

‘निगमको कार्यकारी अध्यक्षको जिम्मेवारीमा युवराज अधिकारी आएपछि व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा सुधार भएको छ, एयरलाइन्सले कमाइ गर्नथालेको छ’ संस्थाका एक पुराना पाइलटले नेपाल समाचारपत्रलाई मंगलबार भने– मेरो नाम छापेर समाचार लेखाउन चाहिं म चाहन्नँ, चाकडी गरेको आरोप लाग्छ, मलाई सत्य विवरण बाहिर आएपुग्छ ।

अधिकारी आउनेवित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको आर्थिक शाखाका अर्का कर्मचारीले पुष्टि गरे– निगमले आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने अवस्था छ, यो उत्साहप्रद अवस्था हो ।

‘निगमले ३ अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ । निगमको कार्यकारी अध्यक्षमा अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकोमा करीव २ अर्बको नगद मौज्दात भई १ अर्ब ३५ करोड, कर्मचारी सञ्चय कोषलाई ९० करोड र नागरिक लगानी कोषलाई ४५ करोड रुपियाँ ऋण भुक्तानी गरिएको छ’ आर्थिक शाखाका अधिकृतले विवरण दिए ।

विगत दुई वर्षसम्म निगमले कत्तिपनि ऋण तिर्न सकेको थिएन । हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको छ, उनले भने ।
ओभर ड्राफ्ट रकम भुक्तानीले ५ महिनाको अवधिको निगमलाई यसको व्याज भुक्तानी गर्ने दायित्व वापतको रकम समेत वचत हुनगएको, व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको उनको भनाइ छ ।

निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना, साउनदेखि फागुनसम्म ८ अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले अधिक हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी ५ अर्ब ७० करोड रहेको थियो ।

निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वटा वाइडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको पनि जनाएको छ ।

कात्तिकमा ए–३२० ले ७ घण्टा ३८ मिनेट र ए–३३० ले ६ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा ९ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ ।

निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेवित्तिकै अधिकारीले विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सुचारु भएका छन् ।

कात्तिक महिनामा दिल्लीको दैनिक १ उडान भएकोमा हाल दुई उडान भइरहेका छन् । मुम्बईको बन्द रहेको उडान हाल सातामा ३ उडान भइरहेको छ । बैंगलोर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बढाएर उडान भएका छन् ।
सुदूरपश्चिममा नियमित उडान भएका छन् । इलाममा नियमित उडानको तयारी भएको छ ।

निगमले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ वटा र कार्गोतर्फ २४ वटा वायुसेवाहरूसँग सम्झौता (एसपिए) गरी निगमको साखः र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ ।

निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्टे चेकिङ, ईन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ ।

‘पीएसएस’ सम्बन्धी सेवा बन्द गर्ने घोषणा गरी २०१९ मा २०२२ देखि आफ्नो ‘पीएसएस’ सम्बन्ध जानकारी समेत सीताले दिएको अवस्थामा टेण्डर प्रक्रिया समेत अघि नबढाई अवरुद्ध भएको यो प्रोजेक्टलाई समयसीमाभित्र अघि बढाएर व्यवस्थापन टिमले सक्रियता देखाएको छ ।

‘यो कार्य तदारुकताका साथ सम्पन्न नभएको भए निगमका टिकटहरू बिक्री हुन सक्ने थिएन र, जहाजहरू नै ५–६ महिनालाई ग्राउण्डेड हुने अवस्था थियो’ पुराना पाइलटले बताए । नयाँ ‘पीएसएस’को चयनसँगै विभिन्न गन्तव्य मुलुकका बाध्यात्मक–अनिवार्य प्रावधान समेत निगमले अनुशरण गर्दै जानुपर्ने अवस्थामा नयाँ ‘पीएसएस’लाई अन्य ती देशका अनिवार्य सिष्टमसँग समायोजन गर्ने क्रममा अन्य सिष्टमसँग लिङ्कअप गर्नुपर्ने तथा यसबीचमा ती कम्पनीले निगमसँग पुरानो सम्झौत अनुसार असुल उपर गर्ने विवादित करोडौं रकम समेत विभिन्न चरणमा वार्ता गरी छुट लिन सफल भई करोडौं रकम बचत भएको आर्थिक शाखाका अधिकृतको दावी छ ।

मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाईडबडीको सफल परीक्षण अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको हो ।

‘सरकारले निगमको भलो चाहन्छ भने कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउन केही तत्वले गरेको चलखेलको पछि लाग्नु हुँदैन । अधिकारीलाई नै काम गर्न दिएर निगमको अवस्था सुधार गर्नुपर्छ’ दशकौं निगमलाई सेबा पु¥याएका पाइलटले भने– राम्रो काम गरेका कार्यकारी अध्यक्षलाई हटाएर अर्कोलाई नियुक्त गर्ने हो भने निगमको अवस्था सुधार हुनेभन्दा पनि बिग्रिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्