दक्षिण अफ्रिका ८३ रनमा अलआउट



लन्डन, एजेन्सी) । 

दक्षिण अफ्रिका क्रिकेट टोलीले शनिबार ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा मात्र ८३ रन बनाएको छ । इंग्ल्यान्डका बलरसँग दक्षिण अफ्रिकाका ब्याटरहरू सबै निरिह भएका थिए । घरेलु टोलीले २ सय १ रन मात्र बनाएको जवाफमा भ्रमणकारी टोलीले निकै निरासजनक ब्याटिङ ग¥यो र १ सय १८ रनले खेल गुमाएको थियो ।

इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ८३ रनमा दोस्रोपटक अलआउट गरेको छ । यसअघि, सन् २००८ मा नटिङघममा भएको खेलमा दक्षिण अफ्रिकाको टोली यति नै रनमा समेटिएको थियो । त्यतिबेला टोलीका कप्तान ग्राम स्मिथ थिए ।

इंग्ल्यान्डका फास्ट बलर डेभिड विली र टाफलीले शुरुका चार ब्याटरलाई पभेलियन फर्काएका थिए । बाँकी काम चाहिँ स्पिनरहरूले गरे । आदिल राशिदले ३ तथा मोइन अलीले २ विकेट लिएका थिए । यो नतिजापछि तीन खेलको सिरिज १–१ बराबरीमा पुगेको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले जितेको थियो । निर्णायक खेल आज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्