म्यानचेस्टर सिटीको जित



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको दुई गोलको मद्दतमा सिटीले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।

सिटीले मेक्सिन क्लब अमेरिकामाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो । सिटीको जितमा दुवै गोल ब्रुएनाले गर्दा क्लब अमेरिकाका हेनरी मार्टिनले एक गोल फर्काए । अमेरिकाको टेक्सासस्थित एनआरजी स्टेडियम ह्युस्टनमा बिहीबार बिहान भएको खेलको ३०औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ४३औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि नै ब्रुएनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–१ ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

प्रि–सिजनकै अर्को मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सेनलले सफलता हात पार्दा अर्काे इंग्लिस क्लब चेल्सीले भने हार बेहोरेको छ । आर्सेनलले ओर्लान्डो सिटीमाथि ३–१ को सहज जित निकालेको हो । आर्सेनलको जितमा गाव्रियल मार्टिनेली, इडवार्ड एनकेटिया र रेइस नेल्सनले गोल गर्दा ओर्लान्डोका फकुन्डो टोरेसले एक गोल फर्काए । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको पाँचौं मिनेटमा गाव्रियल मार्टिनेलीको गोलबाट आर्सेनलले सुरुवाती अग्रता लिएको थियो । खेलको २९औं मिनेटमा फकुन्डो टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि आर्सेनलले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित निकाल्न सफल भयो । ६६औं इडवार्ड एनकेटियाले तथा ८०औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सेनललाई सहज जित दिलाए । प्रि–सिजनमा आर्सेनलको यो लगातार तेस्रो जित हो । यसअघि आर्सेनलले जर्मन क्लब नर्नवर्गलाई ५–३ ले तथा प्रिमियर लिग प्रतिद्वन्द्वी एभर्टनलाई २–० ले पराजित गरेको थियो ।
यता, अर्काे इंग्लिस क्लब चेल्सीले चार्लाेट एफसीसँग टाइब्रेकरमा ५–३ को हार बेहो-यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइँदा घरेलु टोलीले बाजी मारेको हो । नर्थ कारोलिनामा बिहीबार बिहान भएको खेलको ३०औं मिनेटमा क्रिस्टियन पुलिसिसको गोलबाट चेल्सीले अग्रता लिएको थियो । तर, अन्तिम एक मिनेट सम्हालिन नसक्दा चेल्सीले गोल व्यहोर्न पुगेको थियो ।इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ड्यानियल रिओसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । टाइब्रेकरमा चार्लाेटका ड्यानियल रिओस, क्रिस्टियन माकोअन, एन्टन वाल्केस, जोसेफ मोरा र कामिल जोजवियाकले गोल गरे । चेल्सीका काई हार्भाटज, बेन चिलवेल र रहिम स्टर्लिङले गोल गर्दा कोनोर गल्लाघेरले गोल गर्न सकेनन् ।

त्यस्तै, जर्मन क्लब बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता ग¥यो । बायर्नले डिसी युनाइटेडमाथि ६–२ को सानदार जित निकालेको हो । अमेरिकामा बिहीबार बिहान भएको खेलका बायर्नको जितमा साडियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथ्थिज डि लेग्ट, योसुवा जिर्कजी र थोमस मुलरले गोल गरे । डिसी युनाइटेडका स्केज सिमोनसेन र थियोडोर कुडिपिट्रोले गोल फर्काए ।

औडी फिल्ड वासिङटनमा भएको खेलको पाँचौं मिनेटमा साडियो मानेको पेनाल्टी गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । १२औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

खेलको ४७औं मिनेटमा म्याथ्थिज डि लेग्टले गोल गरेपछि बायर्न खेलमा ४–० ले अघि बढ्यो । ५२औं योसुवा जिर्कजीले गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा स्केज सिमोनसेनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा थियोडोरले गोल गरेपछि खेल ५–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई फराकिलो गोलअन्तरको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्