निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न एक साता म्याद थप



काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक साता थप गरिएको छ । छानबिनका लागि १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः एक साता म्याद थप गरिएको हो ।

नयाँ आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधि सभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

आज (बिहीबार) सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद एक साता म्याद थप गर्ने प्रस्ताव प्रतिनिधि सभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्