नेपाल केनसिनकानले प्रतियोगिता गर्ने



काठमाडौं । 

नेपाल केनसिनकान कराते संघले भदौको पहिलो साता राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।

नेपाल केनसिनकान कराते संघले आगामी भदौको ४ गते बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ गर्ने भएको हो । प्रतियोगितमा पुरुष ३५ केजी मुनि, ४५ केजी मुनि, ५५ केजी मुनि, महिलातर्फ ३५ केजी मुनि, ५० केजी मुनि र खुल्ला तौल समूह गरी कुल सात तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा विभागीय क्लब, विभिन्न कराते संघ र डोजोबाट करिब २ सय ५० खेलाडीहरूको सहभागिता रहने बताइएको छ । प्रत्येक तौल समूहको विजेताले १५ हजार रुपैयाँ, दोस्रो स्थानको खेलाडीले १० हजार रुपैयाँ र तेस्रो स्थानका दुई खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संघका महासचिव राजन खत्रीले प्रतियोगिताको अनुमानित खर्च साढे १४ लाख हुने जानकारी गराए । उहाँले उदियमान कराते खेलाडी उत्पादन गर्दै जाने र वर्तमान खेलाडीहरूलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला मिलोस् भनेर केनशिनकान कराते आयोजना गर्न लागेको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न ५ वटा समिति समेत गठन गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्