एन्फाको बैठक बिहीबार हुने



काठमाडौं ।

अखिल नेपाल फुटब संघ (एन्फा) को स्थगित भएको कार्यसमितिको दोस्रो बैठक बिहीबार हुने एन्फा वेभसाइडमार्फत मंगलबार जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकज नेम्बाङ अस्वस्थ भएपछि बैठक सोमबार स्थगित गरिएको थियो । एन्फा बैठकका लागि विविधबाहेक १७ वटा एजेन्डा तय भएका छन् । उप महासचिव, प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रवक्ता नियुक्तिलाई महत्वका साथ हेरिएको थियो । एन्फाका महासचिव किरण राईले असार २४ गते ११ एजेन्डासहितको पत्र पदाधिकारी र सदस्यहरूलाई पठाएका थिए ।

पछि एन्फाका दुई उपाध्यक्ष दीर्घबहादुर केसीले ५ र दीपक खतिवडाले १ एजेन्डा थप्न माग गरेपछि एजेन्डा १७ पुगेको थियो । खतिवडाले एक मात्र एजेन्डाका रूपमा सीईओ र प्रवक्ता नियुक्ति समेट्न माग राखेका थिए । केसीले भने विशेष साधारणसभादेखि महिला लिगको दोस्रो चरण आयोजना लगायतका विषयलाई थप्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्