सहकारी संस्थाहरु एकीकरण गर्न सुझाव



सहकारी संस्थाहरू जुन उद्देश्यबाट खोले पनि बचत तथा ऋणको कारोबार सबैले गरेको पाइन्छ । तर उद्देश्यमुताबिक अन्य काम भने हुन सकेको देखिँदैन । सहकारी अभियन्ताहरुले आफ्नो भाषणमा गुणात्मकतालाई जोड दिई उद्देश्यमुखी बनाउन उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ । उद्देश्यमुखी बनाउनका लागि पनि सहकारी संस्था एकीकरण गर्नुपर्ने देखिन्छ ।

मुलुकमा खुलेका कतिपय सहकारी संस्थाहरुप्रति विश्वास कम हुँदै गएकोले अब राज्यसहित खुलेका सबै सहकारी संस्थाहरुले मिलेर नयाँ कदम चाल्नुपर्ने देखिएको छ । सहकारी संस्थाहरू स्वनियमनमा चल्नको लागि सक्रिय सदस्य, उदाहरणीय सञ्चालक समिति र व्यावसायिक कर्मचारी हुनुपर्दछ ।

सहकारी संस्था खोल्नभन्दा सञ्चालन गर्न गाह्रो हुने भएको हुँदा विभिन्न कमजोरीहरू देखिँदै आएकाले कमजोरीलाई हटाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा सञ्चालन गर्न र सोका लागि चाहिने व्यावसायिक दक्षता वृद्धि गर्न नियमनको आवश्यकता पर्दछ ।

सबै तहमा सहकारी ऐन आई नसकेको र दक्ष तथा पर्याप्त जनशक्तिको खाँचो भएकोले प्रभावकारी स्वनियमन र नियमन सहज बनाउनको लागि सहकारीहरु एकीकरण हुनुपर्ने देखिन्छ । जसरी बैंकहरु मर्ज हुने गरेका छन् त्यसै गरी सहकारीको पनि एकीकरण हुन सक्यो भने सर्वसाधारण सहकारीप्रति झनै आकर्षित हुनेछन् ।

– प्रतिमान गुरुङ ‘गाउँले’, बनेपा, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्