राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकालाई



रसुवा ।

रसुवामा भएकाे ९ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ । असार २० गते सम्पन्न रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेकाे छ ।

जिल्ला खेलकुद विकास समिति रसुवाकाे आयाेजनामा सम्पन्न भएकाे उक्त प्रतियाेगिता तीन दिन चलेकाे थियाे ।कालिका गाउँपालिकामा सम्पन्न प्रतियाेगितामा १४ स्वर्ण,३ रजत,५ कांस्य गरी २४ पदक जितेर कालिका गा,पा प्रथम भएकाे हाे ।

यस्तै नाै स्वर्ण,१२ रजत,दुई कांस्य गरी २३ पदक जिल्दै गाेसाईकुण्ड गाउँपालिका दाेस्राे सात रजत नाै कास्य गरी २० पदक जित्दै आमाछाेदिङमाे गा,पा तेस्रो भएका छन । ‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित खेल सम्पन्न कालिका गा,पाका अध्यक्ष हरिकृष्ण देवकोटाले वताउनुभयाे । जीवनकाे अमूल्य गहना खेलकुद पनि हाे। यसबाट जिल्लालाई चिनाउनु पर्नै उहाँले बताउनु भयो।

सबै खेलाडी आफ्ना लागि बराबर भएको र कसैलाई भेदभाव नगरि अब्बल खेलाडिलाई सधै अगाडि बढ्न प्राेत्साहन गर्ने खेलकुद विकास समिति रसुवाका अध्यक्ष सुजन न्याैपानेले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्