एमालेमा बीउ रोपेर आएका छौँ, केही समयपछि फल्छ : अध्यक्ष प्रचण्ड

0
Shares

काठमाडौँ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताए । उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए ।

 

‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर, त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीलेबीउ रोपेर आएका छौँ।’ उनले भने, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ।’

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे।

 

Skip This