असार १३ गतेदेखि निष्कासन भएकाे रसुवागढि हाईड्राेपावरकाे आईपियाे तत्कालै राेक्न आग्रह

282
Shares

रसुवा ।

साेमबारदेखि रसुवागढि हाईड्राेपावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई भन्दै निष्कासन गरेकाे आईपियाे गेासाईकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन ले तत्कालै राेक्न माग गरेकाे छ ।

भूकम्पका कारण र विषेश गरी काेभिडले थलिएर जनता आर्थिक अभावका कारण शेयर हाल्न नसकिने भन्दै बैककाे ऋणबाट शेयर भर्ने व्यवस्था मिलाएर मात्र शेयर निस्कासन गर्न रसुवागढि हाईड्राेपावर कम्पनी लाई सिफारिस गरिएकाे थुमनका वडा अध्यक्ष उर्केन छिरिङ तामाङले जानकारी दिनुभयाे ।

अध्यक्ष तामाङका अनुसार मंगलबार रसुवागढि हाईड्राेपावरलाई आईपियाे प्रक्रिया तत्कालै राेक्न सिफारिस गरेका छौँ काेभिडका कारण स्थानीयसंग तत्कालै शेयर खरिद गर्नका लागि रकम छैन अहिलेकाे परिपेक्ष्यमा जनतासंग पैसा नभएकाेले बैंक ले ऋण नदिईरहेकाे अवस्थामा शेयर निष्काशन गर्नु हामी सवैलाई घाटा रहेकाे वताउनुभयाे ।

जिल्लाबासीका लागि यही असार १३ देखि रसुवागढी हाईड्रपावर कम्पानीले कुल जारी पुँजीको दश प्रतिशत शेयरले ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्कासन गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

जलविद्युत आयाेजनाले जलविद्युतकाे शेयर भर्न पहिला बैकले शेयर धिताे राखेर ऋणबाट शेयर भर्ने सुविधा मिलाई दिनु पर्ने वडा अध्यक्ष तामाङले आयाेजनालाई आग्रह गर्नु भएकाे छ ।

 

 

 

Skip This