प्रदेश १ सरकारद्वारा लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट विनियोजन


विराटनगर । प्रदेश १ सरकारले लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताए ।

इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड, सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।