ग्रिनल्यान्ड फाइनलमा



काठमाडौं  । 

ग्रिनल्यान्ड पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक वसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २५–१३ ले पराजित ग-यो । ग्रिनल्यान्डकी जेनिशाश्रेष्ठले १० अंक जोडिन् । भ्याली पब्लिक र एचएचसीएबीचको अर्को सेमिफाइनल सोमबार हुनेछ ।

जुनियर ब्वाइजमा स्काइलार्कले आयोजक बीएनएलाई १३–७ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । स्काइलार्कका रोजश रायमाझीले ६ स्कोर गरे । सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबीए) ले स्किब्सलाई २८–१३ तथा ग्रिनल्यान्डले ओडीसी इन्टरनेसनल एकेडेमीलाई २६–१४ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए । इबीएका एलेक्स राईले १० तथा ग्रिनल्यान्डका लक्की तामाङले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले नेपाल मोडेललाई ३७–२१ तथा बीएनएले ओडीसीलाई ४२–१९ ले निराश पार्दै क्वार्टरफाइनल यात्रा तय गरे । स्किब्सका युनिक लिम्बूले १४ तथा बीएनएका सन्देश खड्काले २४ अंक जोडे । अर्को लिग खेलमा हिमरश्मीले भद्रकालीमाथि १३–१० को कठिन जित दर्ता ग¥यो । हिमरश्मीका विनोद लामाले १० स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्