आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन चलाउन रोक



efl;Psf] ;8s 5]paf6 jf/kf/ bdf}nL, @& h]7 M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf–$, ;fFv/l:yt kfj/ xfp; glhs jiff{sf sf/0f z’qmaf/ laxfg efl;Psf] ;8s 5]paf6 jf/kf/ ub}{ ;j{;fwf/0f . ;8s efl;Fbf oftfoft cj?4 ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

तनहुँ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन सञ्चालन नहुने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

सो सडकखण्डबाट साना सवारीसाधन मात्र्र एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ‘सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराउने गरिएको छ, भीर कटानको कार्य चलिरहेकाले मिलाउँदै साना सवारीलाई आवतजावत गराइएको छ’ –खड्काले भन्नुभयो ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काटेर सडक फराकिलो बनाउने कार्य थालेको थियो । ठूला सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारीसाधन सञ्चालन गर्न नदिइएको सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख इन्जिनियर लक्ष्मी केसीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सो सडक खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । सवारी सञ्चालन गर्दा रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताउनुभयो । ‘जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको हो, सुनसान क्षेत्र हो त्यो क्षेत्र, जतिबेला पनि सडक भासिन सक्ने जोखिम रहेकाले रातिको समयमा सवारीसाधन रोक लगाइएको छ’ –गैह्रेले भन्नुभयो ।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौंडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारमा कति जना सवार थिए भन्ने अझैसम्म पनि पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्