खप्तडमा पर्यटन विकासका लागि ८ बुँदे घोषणा पत्र जारी



बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको पाचौ पुर्ण बैठकले ८ बुँदे खप्तड घोषणापत्र जारी गरेको छ । खप्तडको पर्यटन पवद्र्वनका लागि हातेमालो भन्ने मूल नाराका साथ विहिबार भू–स्वर्गको रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा बसेको बैठक नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा जेठ २६ गते सम्पन्न भएको छ ।

बैठकले खप्तड तथा मध्यवर्ती क्षेत्रको धार्मिक, पर्यटन, सामाजिक आर्थिक र वातावरणीय विकासको लागि सरोकारवालाको ध्यानाकर्षण गर्न पत्रकार महासंघ बझाङ शाखाले ८ बुँदे खप्तड घोषणापत्र समेत जारी गरेको हो ।

सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको बिचभागमा पर्ने खप्तडलाई पर्यटनको अन्तराष्ट्रिय केन्द्रको रुपमा विकास गर्न नेपाल सरकारसंग नेपाल पत्रकार महासंघ बझाङ शाखाले घोषणा मार्फत माग गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरुका लागि पुजाआजा र घुमफेर गर्न खप्तड आकर्षण बन्दै गएकाले खप्तडमा आवश्यक पुर्वाधार र वातावरण निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि महासंघले सरकार संग माग गरेको हो ।

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसंग जोडिएका स्थानिय तहहरुमा होमस्टेको विकास, कला संस्कृतिको संरक्षण, जनचेतनाका साथै स्थानिय उत्पादन बृद्विका लागि आवश्यक पहल गर्न महासंघले घोषणापत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

खप्तड क्षेत्रमा आउने पर्यटकका साथै भक्तजनको सुरक्षा, खान, बस्न तथा सम्पुर्ण व्यवस्थापनको लागि आवश्यक प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग घोषणा पत्रमार्फत महासंघले आग्रह गरेको छ ।

खप्तडको मध्यवर्ती क्षेत्र अन्र्तगत भित्रिसडक निमार्णका लागि भइरहेका अनाधिकृत संरचनाहरुको निर्माण कार्य तथा जैविक विविधता माथी आक्रमणलाई रोक्न सरकारसंग महासंघले जोडदार माग गरेको छ ।

खप्तड क्षेत्र र यसको आसपासमा रहेको विभिन्न धार्मीक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेका मठमन्दिर तथा धार्मिक स्थलको प्रचार–प्रसारमा सम्वन्धीत सबैलाई जुट्न घोषणा पत्र मार्फत महासंघले सबैमा आग्रह गरेको हो ।

खप्तड क्षेत्रको विकास तथा सम्वद्र्वनका लागि हुने गरेको बजेट विनियोजन रकमबाट पार्दशिता, प्रभावकारी र दिगो संरचना बनाउन सम्वन्धीत निकायको ध्यानाकर्षण गराउनुका साथै खप्तड क्षेत्रको विकास तथा सम्वद्र्वनका लागि सरकारी तथा गैरसरकारी निकायबाट गरेका पहल प्रयासहरुको लागि महासंघले बैठकबाटै धन्यवाद समेत ज्ञापन गरेको छ ।

खप्तड घुम्न आउने आन्तरिक या वाह्य पर्यटकहरूका लागि बाँस बस्न को ब्यावस्था गरिएको छ तर यसैलाई पनि ब्यवस्थापन गरि खप्तडको हरेक स्थानमा व्याख्या गरेका शिलालेखहरू राख्न पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्