मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तेलीले सर्वसाधारणसँग चर्को ब्याज लिई दुःख दिने गरेको गुनासो सर्वसाधारणले गरेपछि प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्