ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


चितवन ।

चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गोर्खाको शहिद लखन गाउँपालिका–४ का अन्दाजी २२ बर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएका हो ।

काठमाण्डौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश ३, ०१, ०२३ च ५०७४ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको चेपाङ सवार बा ७५ प ६११६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको तेल ट्याङकरमा ठोक्किएको थियो ।

चेपाङको शवलाई पोष्टमार्टको लागि भरतपुर अस्पताल पठाईएको छ । हिजो बेलुकी साढे ७ बजे भएको सवारी दुर्घटनामा संलग्न तीनै ओटा सवारी साधन र दुई जना चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।