नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा


काठमाडौँ ।

सरकाले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।