बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध अफिमसहित एक महिलालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको बुर्तिबाङमा जेठ ४ गते १० केजी अफिम छोडेर भागेकी रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ का ३३ वर्षकी राखिलाक घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेकी घर्ती रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ की पूर्व वडा सदस्य हुन् ।
घर्तीले घर रुकुम भएपनि बागलुङमा नाम परिर्वतन गरी अफिमको कारोवार गर्दै आएको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा जेठ ४ गते प्रहरीले उनि बस्दै आएको बुर्तिबाङको सन्दिप गेष्ट हाउसबाट १० केजी अफिम बरामद गरेको थियो ।
गेष्ट हाउसमै अफिम छोडेर भागेकी घर्ती रुकुम पूर्व सिस्ने गाउँपालिका–५ मा लुकीछिपि बसेको अवस्थामा रुकुम पूर्वको प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । रानाका अनुसार घर्तीको साथबाट अफिम तौल गर्न प्रयोग गर्ने औजार, सिमकार्ड, पूथा जडिबुटी सप्लार्यस छापा लगायतका सामाग्री पक्राउ गरिएको छ ।











प्रतिक्रिया