काठमाडौं ।
प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
सोमबारको बैठकमा सभामुखले ‘‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।सभामुखले निर्णयर्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा भएको हो।
विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए। सांसदहरूले उठाएका प्रश्न तथा सुझावहरूलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले जवाफ दिएका थिए।











प्रतिक्रिया