फर्पिङ जंगलमा युवा-युवती मृत फेला

0
Shares

काठमाडौं ।

दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा-युवती मृत अवस्थामा भेटिएका छन्। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्त सोमबार अपरान्ह १२ बजेतिर दुई युवा- युवतीको शव फेला परेको जानकारी दिए। एसएसपी कुवरका अनुसार जंगलमा फेला परेको दुईवटा शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।

शवनजिकै विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । तर, मृत्युको कारण भने खुलिसकेको छैन । शव हेर्दा अन्दाजी २०/२२ वर्षका युवायुवतीको रहेको र हाल पहिचान नभएको कुवरले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगिसकेको छ । विष खाएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।