कुमार श्रेष्ठ, बाँके ।
फेसवुकवाट चिनजान भएको युवालाई भेट्न गएकी एक किशोरी बाँकेकम सामुहिक बलात्कारको सिकार भएकी छन् । फेसबुकमा चिनजान भएपछि भेट्न बोलाएका किशोरले अर्का एक साथी सहित आफ्नै प्रेमिकाको सामुहिक बलात्कार गरेका हुन् ।
१७ वर्षका हेमराज थारु र १६ वर्षकी यायुष्मा थारु (नाम परिवर्तन) को एक वर्षअघि फेसबुकमा चिनजान भयो। कुराकानी हुँदै जादा दुबै जना नजिकिए । माया प्रेम बस्यो । जेठ २१ गते अपरान्ह ४ बजे हेमराजले आयुष्मालाई आफ्नो जन्म दिन छ भनेर भेट्न बोलायो । आयुष्मा हेमराजलाई भेट्न बर्दियाको सिमानामा पर्ने मानखोला नजिक पुगिन् ।
आयुष्मालाई त्यहाँबाट नजिकैको जंगलमा लगियो । जन्म दिनको पाटी भन्दै मदिरा खाए । आयुष्मा र हेमराजसंगै अरु ५ जना युवा थिए । आयुष्मालाई पनि मदिरा खुवाइयो । सांझ ६ देखि १२ बजेसम्म मदिरा खादै आयुष्मालाई सामुहिक बलात्कार गरियो । आयुष्मा बेहोस भइन् । उनी होसमा आएपछि त्यहांबाट बैजनाथ लगियो । जहाँ बिक्रान्त थारुको बंगुरपालन गर्ने टहरा थियो । टहरामा लगेर अरु २ जनाले बलात्कार गरे ।
२२ गते अपरान्ह ४ बजे आयुष्मालाई घर पुर्याउन मोटरसाइकलमा बसाइयो । बिश्वनाथ थारुले चलाएको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा बिचमा आयुष्मालाई राखेर पछाडि निर्देश थारु बसे । खजुरा ५ मा रहेको प्रतिक्षालयचोकमा प्रहरीको चेकिङ थियो । एउटा मोटरसाइकलमा ३ जना बसेकाले प्रहरीले केरकार गर्यो । त्यसक्रममा आयुष्मा लठ्ठिएको प्रहरीले देख्यो । तिनै जनालाई प्रहरी चौकीमा ल्याएर सोधपुछ गर्दा घटना बाहिर आयो ।
प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले किशोरीलाई दुई ठाउँमा लगेर ७ जनाले बलात्कार गरेको जानकारी दिनु भयो । प्रहरीले विभिन्न ठाउँबाट सबै जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन्। फेसबुकमा लभ परेको व्यक्तिको पछि लाग्दा आयुष्मा पीडित भएकी छन् । यो अपराधको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











प्रतिक्रिया