माओवादीले लेबीबाट वार्षिक ८ करोड रुपियाँ उठाउने


काठमाडौं । 

नेकपा माओवादी केन्द्रले पार्टी सदस्यबाट वार्षिक एक सय रुपियाँ लेबी उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट प्रति सदस्य एक सय रुपियाँको दरले लेबी उठाउँदा वार्षिक रूपमा कुल ८ करोड रूपियाँ जम्मा हुने भएको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्न वार्षिक एक सय रूपियाँ लेबी उठाउने निर्णय गरेको हो ।

माओवादीका नेता हरिबोल गजुरेलले पार्टीको केन्द्रीय कार्यालय व्यवस्थित तथा विस्तार गर्नका लागि प्रत्येक सदस्यबाट १ सयका दरले उठाउने निर्णय गरेको बताउनुभयो ।