देशभर पाठ्यपुस्तकको हाहाकार : विद्यार्थीको हातहातमा पुर्याउन अझै एक महिना लाग्ने



काठमाडौं । देशभर पाठ्पुस्तकको हाहाकार भएको छ । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तकको हाहाकार भएको हो ।

सरकार र सम्बद्ध निकाय निर्वाचनमा व्यस्त रहेकाले देशभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक हाहाकार भएको छ । शैशिक सत्र सुरु भएको ११ दिन बितिसक्दा पनि विद्यालयमा पाठ्पुस्तक उपलब्ध नभएपछि सम्बद्ध निकायको सर्वत्र आलोचना भएको छ ।

शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो ।

कूल १ करोड ९८ लाख पुस्तक छपाइ हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख पुस्तक छपाइ भएको छ । ३५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्